Logo
Logo

प्रभु साहको दावी- उपेन्द यादवले बारा-२ मा जित्दैन


4k
Shares

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेसी जनता ठग्नेहरुलाई बारा–२ का जनताले पराजित गर्ने दावी गरेका छन् । उनले यो उपनिर्वाचनमा जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारा–२ मा हार्ने दावी गरेका हुन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै साहले सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्ने दाबी गरेका हुन् ।

नेता साहले यादवप्रति लक्षित गर्दै भने, ‘मधेसी जनतालाई सधैँ ठग्दै आएका मधेस विरोधीहरू बारा–२ को उपनिर्वाचनमा लड्न खोज्दैछन् । तर, उनीहरूलाई बारा–२ का जनताले हराउँनेछन् । उनले मधेसी जनतालाई ठग्नेहरुलाई हराउन आ–आफ्नो ठाउँबाट सबैजना लाग्न समेत आह्वान गरे ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले आफैं पराजित गर्ने दाबी गर्दै भने, ‘भ्रष्ट तथा मधेसविरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नुसरह हो । मधेस प्रदेशमा जसपाकै मुख्यमन्त्री छ । केन्द्रमा पनि हरेक सरकारमा आफै मन्त्री हुँदासमेत मधेसका लागि केही गर्न सकेनन् । अहिले आएर मधेसी जनताको नाममा ढोँग रच्दै फेरि संसद् छिर्ने प्रयास गर्दैछन् । त्यस्ता बहुरुपियालाई बाराका जनताले ठिक लगाउने छन् ।’

जिल्ला कमिटीद्वारा आयोजित नगर अधिवेशनमा राकेश ठाकुरको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्