Logo
Logo

रवि लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ सकियो


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।
राहदानी दुरुपयोग सम्बन्धमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दामा बुधबार न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएको थियो । सुनुवाइ सकिएसँगै आजै आदेश आउने भएको छ ।

सुनुवाइमा बहस गर्दै रिट निवेदकका वकिलले दुई वटा माग गरेका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछानेले फेरि नागरिकता लिएको मिति माघ १५ गते आइतबार भएकाले उक्त दिन उनले अमेरिकी नागरिकता त्यागेको निस्सा प्रशासनमा बुझाएकोमा आफूलाई शंका रहेको बताउँदै अदालतले जिल्ला प्रशासन कार्यालयबाट त्यो निस्सा मगाउन माग गरेका छन् ।

लामिछानेले अमेरिकाको राहदानी हुँदाहुँदै लिएको नेपाली राहदानी प्रयोग गरेर कुन–कुन मुलुक गए भन्ने विवरण पनि अध्यागमन विभागबाट मगाउन भण्डारीले माग गरेका छन् । लामिछानेको राहदानीसम्बन्धी विवादमा मुद्दा नचलाउने निर्णय गर्दा महान्यायाधिवक्ताले कानुनसम्मत निर्णय नगरेको भण्डारीले जिकिर गरे ।

यस्तै, सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले बताउँदै यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी ‘हेर्न नमिल्ने’मा राख्दै सुनुवाइ स्थगित भएको थियो । युवराज पौडेल (सफल)ले सोमबार लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्