Logo
Logo

सन्दीपको मुद्दा आज पनि भएन सुनुवाइ


630
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि स्थगित भएको हो । सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो ।

यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

तर, उनको आदेश उच्च अदालत पाटनबाट बदर भएको थियो । घिमिरेको आदेश बदर भएसँगै सन्दीप थुनामुक्त भएका थिए ।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो ।

सन्दीपलाई १० देखि १२ वर्ष कैदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता छ । त्यसको अन्तिम फैसला हुन लागेको हो । सर्वोच्चले पनि जिल्लालाई यो मुद्दा छिटो टुंग्याउन निर्देशनात्मक आदेश दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्