कपिलवस्तु । न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत कपिलवस्तुले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी गरेका थिए । जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान भइरहेको छ ।

गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो ।
गत मंसिरमा न्यायाधीश गिरीका श्रीमतीले उनीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएका थिए ।
गिरीका पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेका थिए ।











