Logo
Logo

सर्वोच्चले खोज्यो रविलाई मुद्दा चलाउनु नपर्ने कारण


4.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयबारे कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग जवाफ माग गर्ने आदेश दिएहोका छ ।

नागरिकता दुरुपयोगमा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताको आधारमा बनाएको राहदानीलाई दुरुपयोग मान्न नसकिने भन्दै महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्