Logo
Logo

मिटरब्याज पीडितद्वारा बुधबार पनि प्रदर्शन


315
Shares

काठमाडौं । मिटरब्याजीबाट पीडितले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मिटरव्याजी तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले बुधबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले चक्रवृति तथा मिटरव्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राखेका छन् । विरोधका क्रममा उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरकारले आयोगमार्फत मिटरब्याजको समस्यालाई समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेपनि उनीहरुले भने आफ्ना माग पूरा नभएसम्म नफर्किने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्