Logo
Logo

मुटु रोगबाट पीडित बालिका सुमित्रा घर्तीको उपचारमा आर्थिक सहयोग गर्न अपिल


1.4k
Shares

काठमाडौं । मुटु रोगबाट पीडित ९ वर्षीया बालिका सुमित्रा घर्तीलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सुमित्राका परिवारले आर्थिक सहयोगको अपिल गरेका हुन् ।

चितवनको इच्छामनकामना गाउँपालिका–६ बस्ने चमेली घर्तीको छोरी लामो समयदेखि बिरामी भएको र उपचारको क्रममा मुटुसम्बन्धी रोग देखिएकाले संघसंस्था तथा इच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका गरिएको हो ।

मुटु रोगबाट छटपटाई रहेका सुमित्राको भरतपुर अस्पताल चितवन, कान्ती बाल अस्पताल काठमाडौंमा उपचार सम्भव नभएपछि हाल उनको बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अतिनै कमजोर भएको र विपन्न परिवार रहेकाले औषधी उपचार गर्न, खान, बस्न समेत समस्या भइरहेको सुमित्राकी आमा चमेली घर्तीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्