
धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टीको जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन नेपाल कैलालीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हर्क बहादुर पार्कीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
कमिटीको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण वि.क, उपाध्यक्ष आशा वि.क, गोपाल सिंह ओड, सचिवमा देव नेपाली ,उपसचिवमा मदन नेपाली, सदस्यमा धनन्जय भुल, लक्ष्मण वि. क, रविन्द्र वि.क, कल्पना वि.क, प्रेम लुहार लगायत चयन भएका छन् ।
जनसंगठन कैलाली इन्चार्ज दिल बहादुर विकको अध्यक्षता तथा पार्टीका पोलीटव्युरो सदस्य परमानन्द भट्ट, पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीको उपस्थितमा नयाँ कमिटी चयन गरिएको हो ।











