
धनगढी । नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील राष्ट्रिय कर्मचारी संगठन नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा धनपति जोशी चयन भएका छन् । बुधबार धनगढीमा सम्पन्न संगठनको भेलाले नयाँ कार्यसमिति चयन गरेको हो ।
संगठनको बरिष्ठ उपाध्यक्षमा विमला भट्ट, उपाध्यक्ष अमर ब कार्की, उपाध्यक्ष महिला प्रिया मल्ल, सचिव इन्द्र बम, कोषाध्यक्ष तिलाराज सुवेदी, सहसचिव शिव बहादुर ऐडी, सहसचिव लाल बहादुर पाण्डे, सर्व सम्मत निर्वाचित भएका छन् ।
त्यस्तै कार्य समिति सदस्यमा कृष्ण वि. क. अछाम , हर्क बम कैलाली, मनिषा शर्मा कञ्चनपुर, पूर्ण बूढा बाजुरा, खेम बोहरा डडेल्धुरा, दीपक बोहरा बझाड , कुम्भराज सुवेदी, महिला सदस्य धर्मा कुमारी रोकाया अछाम लाई सर्वसम्मत भएका छन् ।
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्क बहादुर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सरकारका अर्थमन्त्री नरेश कुमार शाही, पूर्व भौतिक पूर्वाधार तथा पार्टी संसदीय दलका नेता दीर्घ सोडारी लगायत पेशागत संघ–संगठनका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए ।











