Logo
Logo

ज्ञानेन्द्रको अभिव्यक्तिप्रति हितराजको नियमापत्ति


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रतिे नियमापत्ति जनाएका छन् ।

प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने । शाहीले भने कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाएका हुन् ।

‘संघीयता र प्रदेश दुई वटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्को देश ठूलो भएमा चाहिन्छ,’ शाहीले भने, ‘तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

शाहीको उक्त अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्