काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरेका छन् । बिहीबारको बैठकमा सभामुख घिमिरेले समितिमा रहने सदस्यहरूको नाम घोषणा गरेका हुन् ।

समितिमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी र रमेश लेखक रहेका छन् ।
त्यस्तै रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो।शी। (चौधरी), लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।











