Logo
Logo

‘बहाव’को चुम्बन दृश्यलाई लिएर सेन्सर बोर्डको सोधपुछ


5k
Shares

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बहाव’मा समावेश चुम्बनको दृश्यलाई लिएर निर्देशक र निर्मातासँग चलचित्र जाँच समितिले सोधपुछ गरेको छ ।

निर्देशक प्रमोद कँडेलले बोर्डका पदाधिकारीले चासो दिएर सोधेपछि आफूले फिल्ममा उक्त दृश्यको औचित्य र महत्वबारे बताएको बताए ।

फिल्ममा सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८ सेकेण्ड लामो चुम्बन दृश्य रहेको छ । बुधबार बेलुका प्रिमियरमा यो दृश्य आएपछि दर्शकले हलमा हुटिङ समेत गरेका थिए । उक्त चुम्बनको दृश्य नेपाली फिल्ममा अहिलेसम्मकै लामो भएको हुन सक्ने निर्देशक कँडेलको ठम्याइ छ ।

यसअघि सामान्य चुम्बन दृश्यमा पनि अनुदार मानिने सेन्सर बोर्ड बहावको यो रोमान्टिक र बोल्ड दृश्यमा भने उदार देखिएको छ । ‘सेन्सर हुँदा पनि बोर्डका पदाधिकारीले यसबारे अब्जेक्सन गर्नुभएको थियो । तर उक्त दृश्य किन फिल्मको लागि महत्वपूर्ण छ भन्ने बताएपछि उहाँहरु कन्भिन्स हुनुभयो र युनिभर्सल सर्टिफिकेट दिनुभयो’, निर्देशक कँडेलले भने ।

फिल्मभित्र शीर्ष पात्रहरुको सम्बन्ध स्थापनाका लागि उक्त दृश्यको प्रयोग गरिएको छ । सुरक्षाको फिल्म करिअरमा पहिलोपटक यस्तो बोल्ड सिन दिएकी हुन् । यो दृश्य आउँदा प्रिमियरमा उपस्थित भएकी सुरक्षाले लाजले मुख छोपेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्