Logo
Logo

लाजेहाङलाई शहीद घोषणा गर्ने सरकारको निर्णय


6.4k
Shares

काठमाडौं । प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरुद्ध भएको आन्दोलनका क्रममा घाइते भइ ज्यान गुमाएका पदमबहादुर लिम्बू ‘लाजेहाङ’लाई सरकारले शहीद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लाजेहाङलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् ।

सरकारले मृतक लाजेहाङका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

कोशीविरुद्ध भएको आन्दोलनका क्रममा चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका लाजेहाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डरका रुपमा लाजेहाङले राजनीतिक जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्