Logo
Logo

मुस्ताङमा फोनिजको शाखा गठन, अध्यक्षमा सुन्दरकुमार थकाली


2k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)ले मुस्ताङमा शाखा गठन भएको छ । साेमबार सम्पन्न पहिलो अधिवशेनबाट सुन्दरकुमार थकालीको अध्यक्षमा १० सदस्य समिति गठन गरिएको हो ।

शाखाको उपाध्यक्षमा सुशील थकाली, सचिवमा निरज थकाली, सह-सचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृष्णा गौचन चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, समीर थापा, रिक्साङ गुरुङ र कर्साङ गुरुङ रहेका छन् । मुस्ताङमा फोनिजको जिल्ला समिति गठन भएसँगै फोनिजको शाखा विस्तार ६१ जिल्लामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्