Logo
Logo

माओवादीले संकलन गर्दै नीति तथा कार्यक्रमबारे सुझाव


441
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी आर्थिक बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेको छ ।

सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय विभागका प्रमुखहरुसँग पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले छलफल गरेका थिए ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले आगामी सरकारमा समेट्न पर्ने नीति तथा कार्यक्रमका विषयहरुमा सुझाव माग गरिएको बैठकमा सहभागी सचिव देवेन्द्र पौडेलले बताए ।

उनका अनुसार बैठका नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई आग्रह गरिएको छ । प्राप्त सुझावलाई अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने उनको भनाइ छ ।

पार्टी सचिव पौडेलका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव संकलनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्