Logo
Logo

आदिवासी जनजाति चलचित्र महासंघको भावी कार्ययोजना तय



काठमाडौं । आदिवासी जनजाति चललिचत्र महासंघले आगामी कार्ययोजना तय गरेको छ । शुक्रबार बसेको संघीय परिषदको बैठकले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तय गरेको हो ।

अल्पकालिन योजनामा चलचित्र निर्माण प्रशिक्षण सञ्चालन गर्ने, पुस्तकालय स्थापना गर्ने, जनजाति चलचित्र संवद्ध विभिन्न जातिय संस्थाहरुसँग छलफल गर्ने, उत्कृष्ट आदिवासी फिल्महरु हेर्ने र त्यसमाथि छलफल गर्ने निर्णय गरिएका छन् ।

मध्यकालिन योजनामा अक्षयकोष स्थापना गर्ने, घुम्ति चललिचत्र प्रदर्शन, आदिवासी जनजाति चलचित्र महोत्सव गर्ने, नेपालका अन्य चलचित्र निर्माण संस्थाहरुसँग छलफल गर्ने, स्थानीय सरकारसँग बजेट विनियोजनसम्बन्धी छलफल गर्ने निर्णय गरेको छ ।

त्यस्तै, दिर्घकालिन योजनामा फिन्फी भवन निर्माणका लागि जग्गा खरिद गर्ने, आदिवासी सांसदहरुसँग छलफल गर्ने, प्रदेशका सन्दर्भमा ऐन नीति निर्माण गर्न समिति गठन गर्ने, अन्तरराष्ट्रिय स्तरका आदिवासी चलचित्र कर्मीहरसँग छलफल गर्ने लगायतका निर्णय गरिएको महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्