Logo
Logo

राष्ट्रपति मुर्मु सैनिक विमानमा



गुवाहाटी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०- एमकेआई लडाकु विमानमा उडान गरेका छन् । सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो ।

राष्ट्रपति मुर्मु अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छन् । शुक्रबार राष्ट्रपति मुर्मु गुवाहाटीमा गुवाहाटी उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएका छन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेका थिए ।

सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले भारतको न्यायिक परिदृश्यमा गौहाटी उच्च अदालतको एक अद्वितीय स्थान रहेको बताए । सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरेका छन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीले प्रकृति र मानवताबीचको पवित्र सम्बन्ध रहेको बताएका छन् ।

‘प्रकृतिलाई सम्मान गर्ने संस्कृति हाम्रो देशको पहिचान हो। भारतमा प्रकृति र संस्कृति एकअर्कासँग जोडिएका छन् र एकअर्काबाट परिपोषित छन् । हाम्रो परम्परामा हात्तीलाई सबैभन्दा बढी सम्मान गरिएको छ। यसलाई समृद्धिको प्रतीक मानिएको छ । यो भारतको राष्ट्रिय सम्पदामा सम्मानित र संरक्षित पशु हो।’

राष्ट्रपति मुर्मु राज्यको तीन दिने भ्रमणका लागि बिहीबार बिहान असमको गोलाघाट जिल्ला आइपुगेका हुन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा र राज्यका गभर्नर गुलाब चन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्