Logo
Logo

जेलभित्र जान तँछाडमछाड !



काठमााडैं । शुक्रबार दिल्लीको तिहाड जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन देखियो । उनीहरुले जेल भित्र जानका लागि एक आपसमा तँछाडमछाड गरेको दृश्य देखिएको हो ।

कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य विचाराधीन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन् ।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसीमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । अदालतको आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो ।

त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरूको लस्कर लागेको हो । उनीहरूबीच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्