Logo
Logo

गाईभैँसी चोरीपछि बुर्किनाफासोमा गोली हानाहान, ४४ जनाको मृत्यु



एजेन्सी । उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । गाईभैँसी चोरी भएको विषयबाट नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा दुई हमला भएका थिए ।

यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार धेरै संख्यामा आतंककारीहरू गाउँमा प्रवेश गरेर रातभर गोली चलाएका थिए ।

यी आक्रमणहरू केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको एएफपीले रिपोर्ट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्