काठमाडौं । नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुला भएको छ ।

सर्वोच्च अदालतमा परेको रिटमाथि न्यायाधिशद्धय अनिल कुमार सिंहा र सुष्मालता माथेमाको इजलासले रिट खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
स्टक, कमोडिटी स्टक र ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दिपक बिक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले तत्काललाई प्रक्रिया अघि नबढाउन उत्प्रेषणको आदेश दिएको थियो ।
अधिवक्ता अमृत खरेलसहितले दायर गरेको संवैधानिक रिट भने सर्वोच्चकै संवैधानिक इजलालसले खारेज गरिसकेको छ । संवैधानिक इजलासको फैसलाको पूर्ण पाठ राखेर सुनुवाई भएको थियो ।











