Logo
Logo

ढाकाको अडियोबारे रवि लामिछानले भने- ७० घण्टामा कारबाही गर्न नसके मलाई बलि दिनू


819
Shares

काठमााडैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको ‘अडियो’बारे छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

आइतबार अपराह्न बाराको चुनावी सभालाई सम्बोधन गर्दै रविले पैसा मागेको अडियो सार्वजनिक हुन बित्तिकै आफूले सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको बताए ।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । निर्देशन दिएको दुई घण्टा बितिसकेको भन्दै अबको ७० घण्टाभित्र कारबाही गरिछाड्ने रविको भनाई छ ।

आफूले तोकेको समयमा कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिए हुने पनि उनले बताए । ‘म स्पष्ट पार्न चाहान्छु, भ्रष्टाचारको विषयमा हाम्रो पार्टीको भनाइ, हाम्रो गराइ र हाम्रो कुरा सधैँ एउटै हो । चाहे जसले गरोस् । यो अडियो सार्वजनिक हुन बित्तिकै मैले ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्नू भनेर अल्टिमेटम दिएको । मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अबको ७० घण्टाभित्र सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनू’, उनले भने ।

अडियोमा भनेजस्तो पैसा माग्ने वरिपरिका भनिएका मान्छेहरूलाई पनि घिसारेर जनताको दैलौमा ल्याउने र सजाय दिने रविले दाबी गरे । उनले भने- ‘अडियोमा भनिएको रहेछ, मेरा वरपरका मान्छे भनेर । ती को रहेछन्, तिनलाई तपाईंको आगनमा घिसारेर ल्याउन सकिनँ भने तपाईंले भनेको सजाय दिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्