Logo
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


315
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा केहि बेरअघि समितिको पहिलो बैठक बसेको हो । गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल भइरहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ । आजै दिउँसो संसद् बैठक पनि बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्