Logo
Logo

महाशिवरात्रि मेलामा घोटाला भयो : मन्त्री किराती

पशुपतिनाथ मन्दिरको ‘दान पेटिका’ गायबको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई


1.4k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको बताएका छन् ।

मन्त्री किरातीका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नेछ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रालयले निर्णय गरेको हो ।

यस्तै, पशुपतिनाथ मन्दिरमै भेटीघाटी संकलन हुने घ्याम्पो हराएको सन्दर्भमा छानबिन समिति गठन भएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक पर्ने भन्दै मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीमा पठाउने निर्णय गरेको मन्त्री किरातीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरबाट दिउँसैको समयमा सुरक्षाकर्मीकै बीचबाट घ्याम्पो हराएको थियो । पशुपतिनाथ मन्दिरमा सीसीटीभी क्यामराको तार नै काटेर चोरी भएको समेत पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्