Logo
Logo

रास्वपाले गर्‍यो ढाकाकुमारको साधारण सदस्यता खारेज


1.1k
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । बुधबार साँझ पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी पार्टी सभापति रवि लामिछानेले श्रेष्ठलाई निस्काशन गरिएको जानकारी गराएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड घुस डील गरेको अडियो सार्वजनिक भएपछि त्यसबारे निर्णय गर्न रास्वपाको बुधबार केन्द्रीय समिति बैठक बसेको थियो । बैठकपछि पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्