Logo
Logo
उद्योग वाणिज्य महासंघ निर्वाचन

वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट रामचन्द्र बाहिरिए, अञ्जन र उमेश भिड्ने


1.1k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन दोस्रो चरणमा गएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि तीनजना अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्रत्यासी थिए ।

तर, कसैले पनि आवश्यक मत ५० प्रतिशत ल्याउन नसकेपछि वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको हो । अब दोस्रो चरणमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ । मतभारतका हिसाबले संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । अञ्जनले सबेभन्दा धेरै ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत र संघाइले ३०.४६ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्