Logo
Logo

अर्थ मन्त्रालयमा बढ्यो सबैभन्दा बढी बेरुज


630
Shares

काठमाडौं । एक वर्षमै १ खर्ब १९ अर्ब बेरुजु बढेको छ । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो ।

९ अर्ब ७८ करोड सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनमा देखिएको छ ।

यस्तै, नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख भएको छ । प्रमाण कागज पेस नभएको ५९ अर्ब र शोधभर्ना नलिएको ४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, ९ अर्ब पेस्की रहेको छ ।

सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकाय तथा कार्यालयको गरिएकोमा १ हजार ९२९ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको थियो भने प्रदेश सरकारी कार्यालयतर्फ १ हजार २१८ को लेखापरिक्षण गरेकोमा ४ सय ४४ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्