Logo
Logo

आजदेखि प्रधानमन्त्रीलाई बालुवाटार र सिंहदरबारमा भेट्न नपाइने


10.3k
Shares

काठमाडौं । आज बैशाख १ गतेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार र सिंहदरबारमा भेट्न नपाइने भएको छ । प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तासँग पार्टी कार्यालय पेरिसडाँडामा भेटघाट गर्न थालेका हुन् ।

नेता तथा कार्यकर्ताले हरेक शुक्रबार प्रधानमन्त्रीलाई पार्टी कार्यालयमा भेट्न सकिने उनका प्रेस संयोजक सूर्य किरणले बताए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अबरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो ।

माओवादी केन्द्रले यसअघि नै ०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

यही क्रममा प्रधानमन्त्रीले आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् ।माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्