Logo
Logo

सभामुखले बोलाएको तीन दलका शीर्ष नेताको बैठक स्थगित


1.6k
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आज (शुक्रबार) दिउँसो १ बजे सिंहदरवारस्थित कार्यकक्षमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

तर बैठक अन्तिम समयमा स्थगित भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर शीर्ष नेताहरसँग संवाद गरिरहेका छन् ।

सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए । बिहिबारको छलफलमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन तीन दलका शीर्ष नेताहरूबीच सहमति बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्