Logo
Logo

दिल्ली पब्लिक स्कुल विराटनगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता


504
Shares

काठमाडौं । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ ।

विद्यालयको मानवीय श्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीका प्रा.डा. बालचन्द्र लुइटेल र दिल्ली पब्लिक स्कुल विराटनगरका प्रिन्सिपल बी.बी लिम्बूबिच गत चैत २८ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

भौतिक पूर्वाधारमा नेपालकै अब्बल मानिने दिल्ली पब्लिक स्कुलमा विज्ञान र कम्प्युटर प्रयोगशालाका अतिरिक्त अब स्टीम (गणित), स्टीम (रोबोटीक्स), भाषिक (नेपाली, अङ्ग्रेजी एवम् चाइनिज भाषा आदि) सीप सिकाउने अत्याधुनिक प्रयोगशालाहरूको निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्