
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । त्यस क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।
यादवले १० हजार १ सय ९९ मत ल्याएका छन् । उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।











