Logo
Logo

जेठमा बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने


567
Shares

काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बिहीबार बसेको बैंकर्स संघको कार्यकारी समितिको बैंकठले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकाले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको संघले जनाएको छ ।

बैंकर संघका एक सदस्यका अनुसार ब्याजदर घटाएपछि निक्षेप खासै बढेको छैन । निक्षेपको ब्याजदर कम गर्दा निक्षेप बाहिरिने जोखिम हुने भएकाले अहिले ब्याजदर बढाउनुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘निक्षेप नबढेको अवस्थामा अहिले ब्याजदर थप घटाउने अवस्था भएन भने बढाउनुपर्ने अवस्था पनि छैन ।’

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पु¥याएको थियो । गत माघमा घटाएर ११ प्रतिशतमा झारेकोमा वैशाखदेखि ९.९९ प्रतिशतमा झारेको छन् । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।

प्रतिक्रिया दिनुहोस्