Logo
Logo

हिमालय एभरेष्ट इन्स्योरेन्सले ९ महिनामा २३ करोड बढी नाफा कमायाे


504
Shares

काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको खुद नाफा वृद्धि भएको छ । ९ महिनामा २३ करोड बढी खुद नाफा आर्जन गरेको कम्पनीले जनाएको हो ।

कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २३ करोड ७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको समिक्षा अवधिको तुलनामा भने ६.६१ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन गरेपनि २६ प्रतिशतले वृद्धि भई ८९ करोड ५ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा पुनर्वीमा कमिशनमार्फत २० करोड ७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । यस्तै, अभिकर्ता कमिशनका लागि ४ करोड ६४ लाख रुपैयाँ खर्चिएको जनाएको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन भने २ अर्ब २९ करोड ४७ लाख ६० हजार रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीको कुल जारी बीमालेखको संख्या १ लाख ६२ हजार १७४, नविकरण गरिएको बीमालेख २१ हजार १५६ रहेको छ ।

यस्तै, कम्पनीले समिक्षा अवधिमा ९६ करोड ८६ लाख ३३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १ अर्ब ७० करोड ९६ लाख २८ हजार रुपैयाँ देखिएको छ । जसमा कोभिडसमेत जोडिएको छ । भुक्तानी हुन बाँकी दावी संख्या कोभिडको मात्रै ५ हजार ८३२ समेत गरि कुल १० हजार ४२५ वटा देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९९ लाख ३७ हजार रहेको छ । कम्पनीले जगेडा कोषमा ८७ करोड ५१ लाख १९ हजार रुपैयाँ राखेको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा ३१ करोड ४६ लाख रुपैयाँ अर्थात ५६.१२ प्रतिशतले बढी हो ।
कम्पनीको बीमा कोषको आकार १ अर्ब २० करोड ९८ लाख २२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै, कम्पनीले ग्राहकलाई स्तरीय बीमा सेवा प्रदान गर्दै आइरहेको जनाउँदै सोहीअनुसार शाखा वृद्धि भइरहेको बताएको छ । बजार विस्तारलाई तिव्रता दिई व्यवसाय विविधिकरण गर्दै जाने रणनीति कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्