Logo
Logo

‘आदिवासी विद्रोहको इतिहास’ हङकङमा विमोचित


315
Shares

काठमाडौं । इतिहासका विविध क्षेत्रमा कलम चलाउँदै आएका लेखक राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ को दोस्रो संस्करण बजारमा आएको छ । मञ्जरी पब्लिकेसन, काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको यसै साता हङकङमा विमोचन गरिएको हो ।

विगत ११ वर्षदेखि हङकङमा सञ्चालन हुँदै आएको हङकङ साहित्यिक साझा श्रृङ्खलाको एक सय २० औं संस्करणका क्रममा आइतबार आयोजित समारोहमा हङकङका अगुवा नेपाली लेखकहरु अरुणा शर्मा, जुनु राना, दाजु गुरुङ, प्रदीप कन्दङ्वा र अशोक चाम्लिङले उक्त पुस्तकको विमोचन गरेका थिए ।

सोही समारोहमा सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह ‘म युग बगिरहेछु’ र टी. एन. सुवेदीको ‘गीता ज्ञान गंगा’को पनि विमोचन गरिएको थियो ।

जोर्डनस्थित बगैंचा रेस्टुरेन्टमा आयोजित उक्त साहित्यिक श्रृङ्खलामा कविहरु अशोक चाम्लिङ, प्रदीप कन्दङ्वा, नविन सुहाङ, जुनु राना, सुनिता गिरी, शिवकुमार राई, नरेन्द्र गुरुङ, टी.बी. याक्खा, देवराज राई, नरेश सुनुवार, नारायण भण्डारी, लिला निरौला ढुङ्गानालगायतले आआफ्नो रचना वाचन गरेका थिए । वाचित रचनाहरुमाथि श्रृङ्खलाका संरक्षक दाजु गुरुङले समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्