
काठमाडौं । नेपालले टी–२० शृखंलाअन्तर्गतको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियासँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।
नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाए । १५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यस्तै ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् ।
कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे । मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ।











