Logo
Logo

टि-२० क्रिकेट : नेपालले टस जितेर फिल्डिङ राज्याे



काठमाडौं । महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेको छ ।

नेपाल–मलेसिया बिच जारी महिला टि २० क्रिकेटको अन्तिम श्रृंखलाको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल–मलेसिया दुई खेलमा जीत र दुई खेलमा पराजय गरी बराबरी खेलेका दुवै टिमलाई आज जित्नै पर्ने दबाब छ । आजको खेल जारी श्रृंखलाको पाँचौं तथा निर्णायक खेल हो ।

पहिलो खेलमा ५ र चौथो खेलमा ४ विकेटले पराजित भए नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो । दोस्रो र तेस्रो श्रृंखलामा क्रमशः ७ विकेट तथा २७ रनले विजयी भएको नेपालले सिरिज जित्नका लागि मेहनत गरको कप्तान रुबिना क्षेत्री बेल्वासेले जानकारी दिएकी छिन ।

नेपालले आज विकेट किपर काजोल श्रेष्ठलाई बेन्चमा राखेर स्पिनर कृतिका मरासिनीलाई आजको निर्णायक खेलमा मौका दिएको छ । अन्य खेलाडी यथावत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्