
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका छन् ।
उनलाई भोलि पनि सुनुवाइका लागि बोलाइएको छ । भोलि बिहान ८ बजे सिंहदरबारमै बस्ने बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् ।











