Logo
Logo

सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारे : पयर्टनमन्त्री


819
Shares

काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकार सबैको अभिभावक भएकाले जनताको भवनालाई बदर गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) बिहान सामाजिक सञ्जालमार्फत उनले देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व हुने बताएका हुन् ।

उनले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शनबारे भएको टिकाटिप्पनिमाथि सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारेको टिप्पणी पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘सवाल धर्म मान्ने वा नमान्ने कुरा हुँदै होइन, जनताको आस्थालाई सम्मान गर्नु हो । सरकार सबैको अभिभावक हो । यो भूमिकामा रहँदा देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु उसको दायित्व हो,’ मन्त्री किरातीले फेसबुकमा लेखेका छन्, ‘देश आमजनताले बिगारेको होइन, बरु सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले पो बिगारेको रहेछ । तपाईंलाई कस्तो लाग्छ ? जहाँ जनता छ तिमी त्यहीँ जाऊ – लेनिन ।’

प्रतिक्रिया दिनुहोस्