Logo
Logo

कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता


315
Shares

काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्विलिटी स्पाबीच मर्चेन्ट सम्झौता भएको छ । दुई संस्थाबीच हिजो ३ गते आइतबार सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्रानक्विलिटी स्पाका सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने म्यासेज थेरापी तथा सलोन सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

साथै, सदस्यता लिएका बैंकका ग्राहकलाई स्पाले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेको छ ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्