Logo
Logo

नागरिकता विधेयकलाई सत्तापक्षले भाेट बैंकको रुपमा प्रयोग गर्‍यो : राप्रपा


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बिभिन्न मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा लिङ्देनले एमाले, राप्रपा लगायतका प्रतिपक्षी दललाई नागरिकता बिरोधी देखाएर सत्तापक्षले भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको भन्दै नागरिकता बिधेयकलाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

नागरिकता बिधेयकको प्रक्रियाका बिषयमा मात्रै आफुहरुको सहमति भएको भन्दै उनले नागरिकताबिहीनलाई नागरिकता दिनुपर्नेमा कुनै दुविधा नरहेको जिकिर गरे । अध्यक्ष लिङ्देनले भारतलाई खुसी पार्नका लागि जानाजान नागरिकता विधेयक अघि बढाएको र अहिले अदालतबाट रोक्ने काम भएको आरोप लगाए । उनले नागरिकता बिधेयक सदनमा ल्याएर फास्ट ट्र्याकबाट अघि बढाउन तयार रहेको बताए ।

उनले मुलुकको परराष्ट्रनीति सत्ता केन्द्रीत भएको आरोप पनि लगाए । मुलुकको भूमि भारतले आफ्नो नक्सामा पार्दा पनि बोल्न नसक्ने र खुसी पार्न जे पनि गर्ने अवस्थाले मुलुकको परराष्ट्र नीति मजबुद हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्