Logo
Logo

आदिवासी जनजातिको अधिकार र दिगो विकास कार्ययोजना कार्यन्वयन गर्न सिफारिस


504
Shares

काठमाडौं । आदिवासी जनजाती आयोगले ‘आदिवासी जनजातिको अधिकार र दिगो विकास कार्ययोजना, २०७९’ कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरसहितको टोलीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त कार्ययोजना सिफारिस गरेको हो ।

आदिवासी जनजाति आयोग ऐन २०७४ को दफा ७ बमोजिम आयोगको निर्णय अनुसार कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्दै आयोगले सम्बन्धित सरकारी निकाय, गैर सरकारी संघ संस्थामा समेत जागरुक हुन अपिल गरेको छ ।

उक्त कार्ययोजना आयोगले आदिवासी जानजाति समुदायको हक, हित र अधिकारको संरक्षण तथा कला, साहित्य, भाषा, लिपि, प्रथा, परम्परा, रोजगारी, संस्कृति, एवं सभ्यता र जनजातिका सम्बन्धमा भएका अन्तराष्ट्रिय महासन्धि, सन्धि घोषणा र अनुवन्ध लगायतका विषय समेटि तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्