Logo
Logo

यस्तो छ समाजवादी मोर्चाको सहमति पत्र (पूर्णपाठ)


3.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा भएको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।

घोषणासभामा मोर्चा आवद्ध दलका तर्फबाट तयार पारेको सहमतिपत्र र मोर्चाको औचित्यसम्बन्धी अवधारणा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पढेर सार्वजनिक गरेका छन् ।

उनले अवधारणापत्र पढेपछि मोर्चाका अध्यक्षहरु सिटबाट उठेर हातेमालो गर्दै अवधारणा कार्यान्वयनसहित मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए ।

मोर्चाको सचिवालयमा चार पार्टीका अध्यक्ष रहने र उनीहरुले आवश्यकताअनुसार अरु नेतालाई जिम्मेवारी तोक्न सक्ने गरी मोर्चाको संगठनात्मक ढाँचा तयार भएको छ ।

मोर्चाका तर्फबाट नीति तथा कार्यक्रम तयार नभइसकेको भन्दै पछि सार्वजनिक गर्ने जसपा नेता श्रेष्ठले बताएका छन् ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्