Logo
Logo

नेपाल र फ्रान्स उड्डयन प्राधिकरणबीच हवाई सुरक्षा सुदृढीकरणका लागि सम्झौता



काठमाडौं । नेपाल र फ्रान्स नागरिक उड्डयन प्राधिकरणबीच हवाई सुरक्षा सुदृढीकरणका लागि सम्झौता भएको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्राधिकरणका अनुसार आज पेरिसमा दुई मुलुकका महानिर्देशकबीच नेपालको उड्डयन सुरक्षा र मानव संशाधन विकासका लागि सम्झौता भएको हो । उक्त सम्झौताले नेपाललाई युरोपेली युनियनको सुरक्षा सुचीबाट हट्नका लागि थप उल्लेख्य सहयोग पुर्‍याउने बताइएको छ ।

प्राधिकरणका अनुसार यो सम्झौता चार वर्षसम्म कायम रहनेछ । सम्झौतामा कारणवस् कुनै मुलुकलाई सम्झौता खारेज गर्नुपर्ने अवस्था आएमा लिखित निवेदन दिनुपर्ने प्रावधान रहेको छ । निवेदन दिएको ६० दिनमा सम्झौता खारेज गर्न सकिने जनाइएको छ । प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागमा फ्रान्सका प्राविधिकले अहिले पनि काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्