
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा निर्माणमाथि प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भएपछि उनले प्रश्न उठाएका हुन् ।
‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ ?’ साहले सामाजिक सञ्जालमा भनेका छन् । उनले मोर्चा गठनको तस्विर र गौर हत्याकाण्डको मुद्धाको प्रतिलिपि एकसाथ राखेर उक्त प्रश्न गरेका हुन ।











