
काठमाडौं । सरकारले बाढीपहिरो जस्ता विपदमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति थप एक लाख राहत उपलब्ध गराउने भएको छ ।
सरकारले विपद पीडित व्यवस्थापन कार्य २०७७ बमोजिम एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका अन्य व्यक्तिको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २ गतेदेखि आएको बाढीपहिरोबाट भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन् ।
सो क्रममा उनले घरबास क्षति भएका परिवारलाई तत्कार गुजारा चलाउन १५ देखि २० हजार राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।











