काठमाडौं । आईसीसी एकदिवसीय विश्वकम छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाए ।
सुरुदेखि नै धरासायी बनेको अमेरिकाको ब्याटिङलाई नेपालका बलरले दबाब राखिरहे । खेलको सुरुवातमै लगातार दुई विकेट लिएर नेपाली टिमको मनोबल बढाएका करण केसी उक्लैले चार विकेट लिए । यस्तै खेलको अन्तिमतिर बलिङ गरेका गुल्सन झाले तीन विकेट लिए ।
यस्तै दिपेन्द्रसिंह एैरीले दुई र ललित राजवंशीले एक विकेट दिए । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे ।
अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिकाले २ सय ७ रन बनाउन सफल भयो ।











