Logo
Logo

साफ च्याम्पियनसिप उद्घाटन आज, नेपाल र कुवेत भिड्दै


3.5k
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आज (बुधबार)देखि शुरु हुँदैछ ।

भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा आज उद्घाटन हुने खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरी ८ टोली सहभागी छन् । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपाल एक पटक उपविजेता मात्र बनेका छ ।

नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तानसमेत छन् । पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्