Logo
Logo

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल


2.1k
Shares

काठमाडौं । आईसीसी विश्वकप छनोटको आज हुने तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेल अन्तर्गत आज नेपाल र वेस्ट इन्डिजबीच हुने प्रतिस्पर्धामा टस जितेर फिल्डङ राेजेकाे हाे । यसअघि नेपालले खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्