काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध सुरुवातमै दुई विकेट गुमाएको छ ।
जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । आसिफ शेख १५ र रोहित पौडेल शून्यमा नट आउट छन् ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । उनी जोशेफको बल रिड गर्न नसक्दा बोल्ड भएका थिए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए ।
त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।














