काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्धको खलेमा तीन विकेट गुमाएको छ ।

जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १२ ओभरमा तीन विकेट गुमाउँदै ४९ रना बनाएको छ । आसिफ शेख ३६ बलमा २८ रन जोड्दै आउट भएका हुन् ।
तीव्र गतिका बलर किमो पलको १२औं ओभरको अन्तिम बलमा आसिफ टस एज लागेर स्लिपमा कायल मेयर्सबाट क्याच आउट भएका हुन् । क्रिजमा रोहित पौडेल ११ रनमा छन् । उनलाई आरिफ शेखले साथ दिनेछन् ।
तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल ५ रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट गराए । कप्तान रोहित पौडेललाई ब्यक्तिगत ६ रनमा स्लिपमा कायल मेयर्सले क्याच छाड्दै जीवनदान दिएका थिए ।
त्यसअघि हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो ।














