Logo
Logo

विश्वकप छनोट : अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो


9.1k
Shares

काठमाडौं । अमेरिका आईसीसी विश्वकप छनोट खेलमा समूह चरणबाटै बाहिरिएको छ ।

आज (बिहीबार) भएको खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित हुँदै अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको हो । समूह ‘ए’मा लगातार तेस्रो हारका साथ अमेरिकाको सुपर सिक्स हुँदै विश्वकप खेल्ने सम्भावना समाप्त भएको हो ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४३ ओभार २ बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

अमेरिका सुरुवाती तीन खेलमा हारका साथ समूह ‘ए’बाट बाहिरिएको हो । यसअघि अमेरिका वेस्ट इन्डिजसँग ३९ र नेपालसँग ६ विकेटले पराजित भएको थियो । अमेरिकाले अन्तिम खेल सोमबार जिम्बावेसँग खेल्नेछ ।

नेदरल्यान्ड्सले अव शनिबार नेपाल र सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाललाई पराजित गरेको खण्डमा नेदरल्यान्ड्स सुपर सिक्समा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्